मोकोकोले गरे सम्झौता नवीकरण
आइतबार, माघ ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बोरुसिया डर्टमन्डका स्ट्राइकर युसुफा मोकोकोले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बुन्डेसलिगा क्लबले जर्मन स्ट्राइकरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै उनी २०२६ सम्म डर्टमण्डमा रहने छन् ।
१८ वर्षीय युवा स्ट्राइकर डर्टमण्डको एकेडेमी हुँदै सिनियर टोली आएका हुन् ।
उनी २०१६ देखि डर्टमण्डमा रहेका छन् ।
२०२० मा डर्टमण्डको सिनियर टोलीमा डेब्यु गरेका मोकोकोले बुन्डेसलिगामा ४४ खेल खेल्दै ११ गोल गरेका छन् ।
जर्मनीका लागि उनले २ गोल गरेका छन् ।
मोकोकोले गरे सम्झौता नवीकरण









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
