नापोलीलाई १२ अंकको अग्रता
आइतबार, ०८ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा नापोलीले सालेरनिटानालाई २-० गोल अन्तरले हराएको हो ।
नापोलीको जितमा जियोभानी डी लोरेन्जो र भिक्टर ओसीम्हेनले एक एक गोल गरे ।
पहिलो ह्फ्को इन्जुरी समयमा लोरेन्जोले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४८ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई २-० को जित दिलाए ।
यस जितसँगै नापोलीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ ।
नापोलीले १९ खेलमा ५० अंक जोडेको छ ।
सालेरनिटाना १८ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
नापोलीलाई १२ अंकको अग्रता













-1770628505169.jpg&w=3840&q=75)