वेस्ट ह्यामले एभर्टनलाई हरायो
आइतबार, माघ ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले एभर्टनलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा वेस्ट ह्यामले एभर्टनलाई २-० ले हराएको हो ।
वेस्ट ह्यामको जितमा दुबै गोल जारोड बोवेनले गरे ।
जितसँगै वेस्ट ह्यामले १८ अंक जोडेको छ । वेस्ट ह्याम १५ औं स्थानमा रहेको छ ।
लगातार खराब प्रदर्शन गर्दै आएको एभर्टन १५ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै एस्टन भिल्लाले साउथह्याम्पटनलाई १-० ले हराएको छ ।
ब्राइटन र लेस्टर सिटीले २-२ गोलको बराबरी खेलेका छन् ।
क्रिस्टल प्यालेस र न्युकासल युनाईटेडले गोल रहित बराबरी खेलेका छन् ।
वेस्ट ह्यामले एभर्टनलाई हरायो









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
