मेक्सिकन क्लबले गर्यो अल्भेससँगको सम्झौता रद्द
शनिबार, माघ ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । मेक्सिकन क्लब पुमासले ब्राजिलियन डिफेन्डर डानी अल्भेससँगको सम्झौता रद्द गरेको छ ।
महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेपछि पुमासले अल्भेससँगको सम्झौता तोडेको हो ।
पुमासले तत्कालबाट लागु हुनेगरि सम्झौता रद्द गरिएको जनाएको छ ।
बार्सिलोनाका पूर्व डिफेन्डर अल्भेसमाथि गत डिसेम्बरमा नाइट क्लबमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप छ।
३९ वर्षीय डिफेन्डरले २०२२ को डिसेम्बर ३० मा महिलालाई यौन दुर्व्यवहार गरेको बताईएको छ ।
शुक्रबार प्रहरीमा उपस्थित भएका अल्भेसले आरोप अस्वीकार गरेका छन् ।
उनले नाइट क्लबमा उपस्थित भएपनि आफुले दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।
मेक्सिकन क्लबले गर्यो अल्भेससँगको सम्झौता रद्द









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


