गोलकिपरले रातो कार्ड पाएपछि फाइनल खेल स्थगित !

इलाम । इलाम नगरकपको फाइनल खेलमा रातो कार्डको विषयमा विवाद भएपछि खेल स्थगित भएको छ ।
खेलको ३९ औं मिनेटमा वडा नं ३ पुवामझुवाका गोलरक्षक मौसम मगरलाई रेफ्री राजु थापा मगरले रातो कार्ड दिएपछि खेल स्थगित भएको हो ।
वडा नं ७ विरुद्धको खेलमा शरण बस्नेतलाई गोलरक्षकले बल क्लियर गर्ने क्रममा फाउल गरेका थिए । लगतै रेफ्री थापाले रातो कार्ड दिँदै खेल महिना बाहिर पठाएका थिए ।
रेफ्रीको निर्णयसंगै पुवामझुवाका खेलाडी मैदान छाडेर बाहिर निस्किएपछि वडा नं ७ लाई विजयी घोषणा गरिएको थियो ।
पहिलो हाफमा दुवै टोलीले १—१ गोल गरेका थिए । खेलका १० औं मिनेटमा पासाङ शेर्पाले वडा नं ७ लाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औ मिनेटमा पुजन राईले खेल बराबरी बनाए ।

रातो कार्डको विषयमा पुवामझुवाले वन भर्सेज वानमा गोलरक्षकले वललाई पहिले क्लियर गर्ने क्रममा रातो कार्ड नहुने भन्दै खेलाडीलाई प्लेयर बक्समा बोलाएका थिए ।
खेलमा विवाद भएपछि पुरस्कार वितरण समारोह संचालन हुन सकेन् । पुरस्कार वितरण समितिले बैठक पछि निर्णय गरेर उपयुक्त समयमा वितरण गर्ने इलाम नगर खेलकुद विकास समितिका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार पुरस्कार राशी रहेको थियो । विधागत खेलाडीहरुलाई नगद पुरस्कार राखिएको थियो ।









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


