लिभरपुल र चेल्सीको बराबरी
शनिबार, ०७ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका हुन् ।
एनफिल्डमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गोल गरेका थिए ।
तर, भीएआरले उनलाई अफसाइड देखाएपछि गोलले मान्यता पाएन ।
यस बराबरीसँगै लिभरपुलले १९ खेलमा २९ अंक जोडेको छ ।
लिभरपुल आठौं स्थानमा रहेको छ ।
२० खेलमा २९ अंक जोडेको चेल्सी १० औं स्थानमा रहेको छ ।
लिभरपुल र चेल्सीको बराबरी







-1775701512962.webp&w=3840&q=75)


-1775698893190.webp&w=3840&q=75)


