आयोजक वालिङलाई उपाधि

वालिङ । आयोजक वालिङ युनाईटेड फुटबल क्लबले वालिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा एभिनियर एफसी क्यामरुनलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै वालिङ च्याम्पियन बनेको हो ।
खेलको निर्धारित र थप गरिएको समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा वालिङका सुबाश गुरुङ, विश्वास श्रेष्ठ, टिक राज गुरुङ र विसु थापाले गोल गरे । कप्तान लक्ष्मण रुचाल गोल गर्न असफल भए ।
एभिनियरका एमबौनी जिन, एनगुइमबोउस स्टेफेन, बिली फ्रान्क डानिलले गोल गरे । गुइनि मारी डानिल र अब्डोउ रामानी पेनाल्टीमा चुके ।
उपाधिसँगै वालिङले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एभिनियरले २ लाख ५० हजार प्राप्त गर्यो ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता एभिनियरका टिम्बा चुनिए ।
उत्कृष्ट डिफेन्डर वालिङका आशिष गुरुङ, उत्कृष्ट मिडफिल्डर वालिङका कमल थापा, उत्कृष्ट फरवार्ड वालिङका टिक राज गुरुङ, उत्कृष्ट गोलकिपर वालिङका राजा बाबु थापा र उत्कृष्ट प्रशिक्षक वालिङका दिपिप थापा चुनिए ।
इमर्जिङ प्लेयर वालिङ एफसी जुनियरका रुमेश हमाल र फेयर प्ले टिमको अवार्ड लिस्नु एफसी रुपन्देहीले जितेको छ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनले जनही ७ हजार प्राप्त गरे ।
वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


