काठमाडौं । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि यू-१९ टोलीका पुर्व कप्तान पृथु बास्कोटालाई कप्तान नियुक्त गरेको छ ।
चितवनले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै बास्कोटालाई कप्तान नियुक्त गरेको जनाएको छ । चितवन गत सिजन पनि चितवनबाटै खेलेका थिए । यस्तै चितवनले प्रशिक्षकमा पुर्व राष्ट्रिय खेलाडी कलाम अलिलाई नियुक्त गरेको जनाएको छ ।
चितवनको मार्की खेलाडी भने राष्ट्रिय टोलीका सदस्य दिपेन्द्र सिंह ऐरी रहेका छन् । चितवनले प्रतियोगिताका लागि ट्यालेन्ट हन्टबाट आकाश थापालाई छनोट गरेको छ ।
चितवनले विदेशी खेलाडीको रुपमा इंग्ल्याण्डका जर्ज स्कट, जोहन सिम्पसन तथा आयरल्याण्डका पौल स्टिर्लिङलाई अनुबन्ध गरेको छ ।
ईपीएल यहि मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।