डिफेन्डर मान अष्ट्रेलियातर्फ
शनिबार, माघ ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका डिफेन्डर मान बहादुर तामाङ सुरक्षित भविष्यको खोजीमा विदेशिएका छन् ।
भारतमा भएको १२ औं सागमा स्वर्ण पदक जित्दा टिममा रहेका डिफेन्डर मान शनिबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
बंगबंधु गोल्डकप विजेता टोलीका डिफेन्डर मान नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि मनाङ मर्स्याङ्दी क्लबमा आबद्द थिए ।
तर, लिग नजिकिदै गर्दा उनी अष्ट्रेलिया लागेका हुन् ।
एपीएफ क्लब र हिमालयन शेर्पाबाट समेत खेलिसकेका मानले हालै आहा रारा गोल्डकप मनाङबाट खेलेका थिए ।
अघिल्लो सिजन उनले सातदोबाटो युथ क्लबबाट खेलेका थिए ।
पछिल्लो समय दुई दर्जन बढी फुटबल खेलाडी अष्ट्रेलिया पुगिसकेका छन् ।
डिफेन्डर मान अष्ट्रेलियातर्फ









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


