अन्जन भारतको आई लिग क्लबमा अनुबन्धित
शनिबार, माघ ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट भारतको आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा अनुबन्धित भएका छन् ।
अन्जनलाई यस सिजनको अन्तिम सम्मका लागि आई लिग क्लबले अनुबन्ध गरेको हो ।
आई लिगका लागि अन्जन शनिबार मुम्बई प्रस्थान गरेका छन् । अन्जनले पहिलो पटक नेपाल बाहिरको लिग खेल्न लागेका हुन् ।
अन्जन यसै वर्ष नवप्रवेशी 'ए' डिभिजन लिग क्लब चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए ।
आई लिगको सिजन सकिएपछि अन्जन चर्च ब्वाइजमा फर्कने छन् ।
'अन्जन आई लिगका लागि भारत गएका छन् । मार्चमा आई लिग सकिन्छ । त्यसपछि उँहा क्लबमा फर्कनेछन्,' चर्च ब्वाइजका एक पदाधिकारीले भने, 'खेलाडीको राम्रो हुने भएकाले क्लबको अनुमतिमै अन्जन भारत गएको हो ।'
नेपालमा नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
अन्जन भारतको आई लिग क्लबमा अनुबन्धित









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


