युभेन्ट्सको १५ अंक कटौती
शनिबार, माघ ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी 'ए' लिगमा युभेन्ट्सको १५ अंक कटौती भएको छ ।
इटालीको फुटबल महासंघ (एफआईजीसी) ले कारबाही स्वरूप युभेन्ट्सको १५ अंक कटौती गरेको हो ।
ट्रान्सफर डिलिङ र नक्कली पुँजीगत लाभ गरेको पुष्टि भएपछि युभेन्ट्सलाई कारबाही गरिएको हो ।
युभेन्ट्सले २०१८ देखि २० सम्म आफ्नो घाटाको गलत रिपोर्ट देखाएको बताईएको छ । विशेष गरि खेलाडी किनबेचमा आएको रकमको सम्बन्धमा गलत रिपोर्ट देखाएर आर्थिक लाभ लिएको एफआईजीसीले जनाएको छ ।
अंक कटौती भएपछि युभेन्ट्स लिगको १० औं स्थानमा झरेको छ ।
यस अघि युभेन्ट्स तेस्रो स्थानमा रहेको थियो ।
युभेन्ट्सले अंक कटौतीविरुद्ध अपील गर्ने जनाएको छ ।
युभेन्ट्सको १५ अंक कटौती









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


