बराबरीमा रोकियो बायर्न
शनिबार, माघ ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
शुक्रबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगसँग १-१ गोलको बराबरी खेलेको हो ।
एक गोलको सुरुआती अग्रता जोगाउन नसक्दा बायर्नले बराबरी खेल्नु परेको हो ।
खेलको ३७ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५२ औं मिनेटमा मार्सल हल्स्टनवर्गले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै बायर्नले १६ खेलमा ३५ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
लाइपजिग २९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बराबरीमा रोकियो बायर्न









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


