ट्रासोर्ड आर्सनलमा अनुबन्धित
शुक्रबार, माघ ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिगको लिग लिडर आर्सनलले बेल्जियमका फरवार्ड लियान्द्रो ट्रासोर्डलाई अनुबन्ध गरेको छ ।
आर्सनलले प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनबाट ट्रासोर्डलाई अनुबन्ध गरेको हो ।
आर्सनलले ट्रासोर्डलाई २१ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
ट्रासोर्डले आर्सनलसँग २०२७ सम्मको सम्झौता गरेका छन् ।
यस सिजन ट्रासोर्ड निकै लयमा रहेका छन् ।
उनले प्रिमियर लिगको १६ खेलमा ७ गोल र ३ असिस्ट गरिसकेका छन् ।
कतार विश्वकपमा उनी बेल्जियमको टोलीमा रहेका थिए ।
तर, मुख्य प्रशिक्षक रोबर्टोसँग सम्बन्ध चिसिएपछि ट्रासोर्डले ब्राइटन छाडेका हुन् ।
ट्रासोर्ड आर्सनलमा अनुबन्धित









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


