वालिङ गोल्डकप : उपाधिमा एभिनियर र वालिङको दाबी
शुक्रबार, माघ ६, २०७९खेलपाटी संवाददाता
वालिङ । वालिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुँदैछ ।
उपाधिका लागि एभिनियर एफसी क्यामरुन र आयोजक वालिङ एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल अघि शुक्रबार आयोजित प्रि-म्याच कन्फरेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।
दुबै टोलीका कप्तान र प्रशिक्षक उपाधि जित्नेमा ढुक्क देखिए ।
सेमिफाइनलमा आयोजक वालिङ एफसी जुनियरलाई २-० गोल अन्तरले हराउँदै एभिनियर उपाधि नजिक पुगेको हो ।
आयोजक वालिङ एफसीले एपीएफ क्लबलाई १-० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्ने छन् । उपविजेताले २ लाख ५० हजार पाउने छन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनले जनही ७ हजार पाउने छन् ।
वालिङ गोल्डकप : उपाधिमा एभिनियर र वालिङको दाबी









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


