मेम्फिस डिपे एट्लेटिकोमा अनुबन्धित
शुक्रबार, ०६ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले फरवार्ड मेम्फिस डिपेलाई अनुबन्ध गरेको छ ।
एट्लेटिकोले नेदरल्यान्ड्सका फरवार्डलाई ला लिगा प्रतिद्वन्दी बार्सिलोनाबाट अनुबन्ध गरेको हो ।
डिपेले एट्लेटिकोसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।
म्यानचेस्टर युनाईटेडका पूर्व फरवार्डले यस सिजन बार्सिलोनाका लागि मात्र ४ खेल खेलेका थिए ।
डच फरवार्ड २०२१ मा लियोनबाट बार्सिलोना आएका थिए ।
उनले बार्सिलोनाका लागि ३० ला लिगामा १३ गोल गरिसकेका छन् ।
२८ वर्षीय फरवार्डले नेदरल्यान्ड्सका लागि ८६ खेलमा ४३ गोल गरिसकेका छन् ।
मेम्फिस डिपे एट्लेटिकोमा अनुबन्धित







-1775701512962.webp&w=3840&q=75)


-1775698893190.webp&w=3840&q=75)


