ब्राजिलियन डिफेन्डर पक्राउ
शुक्रबार, माघ ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । ब्राजिलियन डिफेन्डर डानी अल्भेस स्पेनमा पक्राउ परेका छन् ।
महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा अल्भेस शुक्रबार पक्राउ परेका हुन् ।
बार्सिलोनाका पूर्व डिफेन्डर अल्भेसमाथि गत डिसेम्बरमा नाइट क्लबमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप छ।
३९ वर्षीय डिफेन्डरले २०२२ को डिसेम्बर ३० मा महिलालाई यौन दुर्व्यवहार गरेको बताईएको छ ।
शुक्रबार प्रहरीमा उपस्थित भएका अल्भेसले आरोप अस्वीकार गरेका छन् ।
उनले नाइट क्लबमा उपस्थित भएपनि आफुले दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।
अल्भेसलाई बार्सिलोनाको सिउटाट डे ला जस्टिसियामा लगिनेछ ।
त्यहाँ उनी अदालतको सुनुवाइमा उपस्थित हुनेछन् ।
ब्राजिलियन डिफेन्डर पक्राउ









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


