गोलकिपर सोमेर बायर्नमा
शुक्रबार, ०६ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले गोलकिपर यान सोमेरलाई अनुबन्ध गरेको छ ।
बायर्नले बोरुसिया मोन्चेनग्लाडवाचबाट गोलकिपर सोमेरलाई अनुबन्ध गरेको हो ।
३४ वर्षीय गोलकिपरले बायर्नसँग २०२५ सम्मको सम्झौता गरेका छन् ।
बायर्नले मानुएल नुएरको विकल्पमा स्विस गोलकिपरलाई अनुबन्ध गरेको हो ।
'नयाँ चुनौतीका लागि निकै उत्साहित छु,' सम्झौतापछि उनले भनेका छन् ।
सोमेरले स्विजरल्याण्डका लागि ८० खेल खेलेका छन् ।
गोलकिपर सोमेर बायर्नमा












-1770628505169.jpg&w=3840&q=75)
