ट्रासोर्ड अनुबन्ध गर्दै आर्सनल
शुक्रबार, माघ ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिगको लिग लिडर आर्सनलले बेल्जियमका फरवार्ड लियान्द्रो ट्रासोर्डलाई अनुबन्ध गर्ने भएको छ ।
आर्सनलले अर्का प्रिमियर लिग क्लब ब्राइटनबाट ट्रासोर्डलाई अनुबन्ध गर्ने भएको हो ।
ट्रासोर्डलाई २१ मिलियन पाउण्डमा अनुबन्ध गर्न आर्सनल सहमत भएको बताईएको छ ।
ब्राइटनका मुख्य प्रशिक्षक रोबर्टोसँग सम्बन्ध चिसिएपछि ट्रासोर्डले ब्राइटन छाड्न लागेका हुन् ।
यस सिजन ट्रासोर्ड निकै लयमा रहेका छन् ।
उनले प्रिमियर लिगको १६ खेलमा ७ गोल र ३ असिस्ट गरिसकेका छन् ।
कतार विश्वकपमा उनी बेल्जियमको टोलीमा रहेका थिए ।
ट्रासोर्ड अनुबन्ध गर्दै आर्सनल









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


