खेल चलिरहदा हेलिकप्टर अवतरण गराउनेलाई कारबाहीको माग
वालिङ । वालिङ युनाईटेड फुटबल क्लब स्याङ्जाले वालिङ गोल्डकप फुटबल अन्तर्गत खेल चलिरहदा हेलिकप्टर अवतरण गराउनेलाई कारबाहीको माग गरेको छ ।
क्लबले एक विज्ञप्ति निकाल्दै बिना सूचना मानवीय क्षती गराउने उदेश्यसहित मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलट र अत्यधिक मदिरा सेवन गरेर हेलिकप्टरमा सवार यात्रुलाई छानबिन गर्दै कारबाहीको माग गरेको हो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चलिरहदा बिहीबार हेलिकप्टर अवतरण गरेपछि फुटबल मैदानमा झडप भएको थियो ।
खेल चलिरहदा प्रभु कम्पनिको हेलिकप्टर मैदानमा अवतरण भएको थियो ।
त्यसपछि बिना सूचना अवतरण गराएको भन्दै स्थानीय, आयोजक र दर्शकले पाइलट र हेलिकप्टरका यात्रुलाई हातपात गरेका थिए ।
पाइलटसहित हेलिकप्टरका यात्रु सामान्य घाइते भएका थिए । उनीहरुलाई प्रहरीले उद्दार गरेर पठाएका थिए ।
हेलिकप्टर आकष्मिक अवतरण नभई वालिङका विनोद गैह्रेसहितको टोलीले बलजप्तिमा मैदानमा अवतरण गरिएको पाइलटले बताएका थिए ।
हेलिकप्टरमा रहेका अन्य यात्रुमा खिमबहादुर थापा, सुशील गिरी र सुशील थापा रहेको बताईएको छ ।
हेलिकप्टरलप क्याप्टेन रमेश डंगोल रहेका थिए ।
वालिङ गोल्डकप : खेल चलिरहदा हेलिकप्टर अवतरण गरेपछि ....










-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


