युभेन्ट्स क्वाटरफाइनलमा
शुक्रबार, माघ ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा मोन्जालाई २-१ गोल अन्तरले हराउँदै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो ।
खेलको आठौं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २४ औं मिनेटमा माट्टिया भालोटिले गोल गर्दै मोन्जालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा फेडेरिको किएसाले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।
युभेन्ट्स क्वाटरफाइनलमा









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


