रियलको पुनरागमन जित
शुक्रबार, माघ ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा भिल्ला रियललाई ३-२ गोल अन्तरले हराउँदै रियल अन्तिम आठमा पुगेको हो ।
रियलले दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको चौंथो मिनेटमा इटिने कपौएले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा सामुएल चुक्वेजेले गोल गरेपछि भिल्लाको अग्रता २-० को बन्यो ।
दोसो हाफमा रियल खेलमा फर्कियो ।
खेलको ५७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-१ को स्थितिमा ल्याए ।
६९ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा डानी सेबालोसले गोल गर्दै रियललाई ३-२ को जित दिलाए ।
रियलको पुनरागमन जित









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


