सहज जितसँगै बार्सिलोना क्वाटरफाइनलमा
शुक्रबार, माघ ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति तेस्रो श्रेणीको एडी सेउटालाई ५-० गोल अन्तरले हराउँदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
बार्सिलोनाको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे ।
खेलमा बार्सिलोनाले सुरुआती अग्रता राफिन्हाको गोलबाट ४१ औं मिनेटमा लिएको थियो ।
५० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
अन्सु फातीले ७० औं मिनेटमा गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।
खेलको ७७ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता ४-० को बनाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ५-० को सहज जित दिलाए ।
सहज जितसँगै बार्सिलोना क्वाटरफाइनलमा









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


