वालिङ । एभिनियर एफसी क्यामरुन वालिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक वालिङ एफसी जुनियरलाई २-० गोल अन्तरले हराउँदै एभिनियर उपाधि नजिक पुगेको हो ।
एभिनियरको जितमा टिमबा र शाबाले एक एक गोल गरे ।
खेलको ८५ औं मिनेटमा टिमबाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा शाबाले गोल गर्दै एभिनियरलाई २-० को जित दिलाए । उनी म्यान अफ द म्याच चुनिए ।
अब एभिनियरले उपाधिका लागि आयोजक वालिङ एफसीविरुद्ध खेल्नेछ ।
फाइनल खेल शनिबार हुनेछ ।
वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्ने छन् । उपविजेताले २ लाख ५० हजार पाउने छन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनले जनही ७ हजार पाउने छन् ।
र, यो पनि .....
वालिङ गोल्डकप : खेल चलिरहदा हेलिकप्टर अवतरण गरेपछि ....