काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारमा अनुबन्धित अफ्रिकी खेलाडी थियोफिलस आरोन नेपाल आईपुगेका छन् ।
घानाका मिडफिल्डर आरोन बिहीबार नेपाल आईपुगेको खुमलटारले जनाएको छ ।
आरोनलाई खुमलटारका पदाधिकारीले स्वागत गरेका थिए ।
खुमलटारले उनलाई एक सिजनका लागि अनुबन्ध गरेको हो ।
खुमलटारले अर्का दुई अफ्रिकी खेलाडी मेसुके ओलुमोउ र स्टेफन बिनोङलाई समेत अनुबन्ध गरेको छ । दुबै खेलाडी नेपालमै रहेका छन् ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
खुमलटारले पहिलो पटक शीर्ष डिभिजन लिग खेल्न लागेको हो ।
खुमलटार 'बी' डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।
