वालिङ । वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चलिरहदा हेलिकप्टर अवतरण गरेपछि फुटबल मैदानमा झडप भएको छ ।
खेल चलिरहदा बिहीबार प्रभु कम्पनिको हेलिकप्टर मैदानमा अवतरण भएको थियो ।
त्यसपछि बिना सूचना अवतरण गराएको भन्दै स्थानीय, आयोजक र दर्शकले पाइलट र हेलिकप्टरका यात्रुलाई हातपात गरेका छन् ।
पाइलटसहित हेलिकप्टरका यात्रु सामान्य घाइते भएका छन् । उनीहरुलाई प्रहरीले उद्दार गरेर पठाएका छन् ।
हेलिकप्टर आकष्मिक अवतरण नभई वालिङका विनोद गैह्रेसहितको टोलीले बलजप्तिमा मैदानमा अवतरण गरिएको पाइलटले बताएको वालिङमा रहेका संवाददाताले जानकारी गराएका छन् ।
हेलिकप्टरमा रहेका अन्य यात्रुमा खिमबहादुर थापा, सुशील गिरी र सुशील थापा रहेको बताईएको छ ।
हेलिकप्टरलप क्याप्टेन रमेश डंगोल रहेका थिए ।
केहि समय झडपको स्थिति बनेपनि अहिले सामान्य अवस्थामा खेल भईरहेको छ ।
दोस्रो सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको छ ।