काठमाडौं । म्यानचेस्टर युनाईटेडका मिडफिल्डर कासिमिरोले प्रिमियर लिग अन्तर्गत आर्सनलविरुद्धको खेल गुमाउने भएका छन् ।
प्रिमियर लिग अन्तर्गत बुधबार राति क्रिस्टल प्यालेसविरुद्धको खेलमा पहेलो कार्ड पाएपछि एक खेलको निलम्बनमा पर्दै कासिमिरोले आर्सनलविरुद्धको खेल गुमाउने भएका हुन् ।
क्रिस्टल प्यालेसविरुद्धको कार्ड कासिमिरोको सिजनको पाँचौं पहेलो कार्ड हो ।
कासिमिरोले खेलको ८० औं मिनेटमा पहेलो कार्ड पाएका थिए ।
युनाईटेडले आइतबार आर्सनलविरुद्ध खेल्नेछ ।
लिग लिडर आर्सनल अंक तालिकामा ८ अंकले अघि रहेको छ ।
'अन्तिम पटक कासिमिरोबिना हामीले हराएका थियौं । अब हामीले त्यसै गर्नुपर्छ,' युनाईटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले भनेका छन् ।