खुमलटारद्वारा चार खेलाडी रिलिज
बिहिबार, माघ ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले चार खेलाडीसँगको सम्झौता तोडेको छ ।
खुमलटारले एक विज्ञप्ति निकाल्दै चार खेलाडी रिलिज गरिएको जनाएको छ ।
खुमलटारले डिफेन्डर आशिष श्रेष्ठ, डिफेन्डर आशिष सुनाम, दिवस छन्त्याल र अजित लामालाई रिलिज गरिएको जनाएको छ ।
खुमलटार 'बी' लिगबाट शीर्ष डिभिजनमा बढुवा हुँदा उनीहरु टोलीमा रहेका थिए ।
यस अघि खुमलटारले चार खेलाडीको सम्झौता नविकरण गरिएको जनाएको थियो ।
खुमलटारले यस सिजन पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्दैछ ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

खुमलटारद्वारा चार खेलाडी रिलिज









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


