काठमाडौं । इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।
बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३-० गोल अन्तरले हराउँदै इन्टरले उपाधि जितेको हो ।
इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्को, इडेन जेको र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।
खेलको दशौँ मिनेटमा फेडेरिकोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
इडेनले २१ औं मिनेटमा गोल गर्दा इन्टरको अग्रता दोब्बर बन्यो ।
त्यसपछि खेलको ७७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको जित पक्का गरे ।
इटालियन सुपर कपको फाइनलमा इन्टरले पहिलो पटक मिलानलाई हराएको हो ।
इन्टरले सातौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो ।