बराबरीमा रोकियो युनाईटेड
बिहिबार, ०५ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा युनाईटेड क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो ।
खेलको ४३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा माइकल ओलिसेले फ्रिकिकबाट गोल गर्दै क्रिस्टल प्यालेसलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै युनाईटेडले १९ खेलमा ३९ अंक जोडेको छ ।
युनाईटेड तेस्रो स्थानमा रहेको छ ।
क्रिस्टल प्यालेस २३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो युनाईटेड





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)






