काठमाडौं । वेल्सको राष्ट्रिय महिला फुटबल टिमले पुरुष खेलाडी सरह समान तलब, भत्ता र सेवासुविधा पाउने भएका छन् ।
फुटबल एसोसियसन अफ वेल्सले बुधबार महिला खेलाडीलाई पुरुष खेलाडी सरह समान तलब, भत्ता र सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै वेल्सका पुरुष खेलाडीहरु २५ प्रतिशत तलब कटौती गर्न सहमत भएका छन् ।
महिला खेलाडीको तलब पुरुष समान बनाउन २५ प्रतिशत तलब कटौती गर्न सहमत भएका हुन् ।
महिला खेलाडीलाई पुरुष समान सेवासुविधा दिने वेल्स सातौं राष्ट्र हो ।
अमेरिका, इंग्ल्यान्ड, ब्राजिल, अष्ट्रेलिया, नर्वे र न्युजिल्याण्डले महिला खेलाडीलाई पुरुष समान तलब र सेवासुविधा दिने गरेको छ ।