शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

विधान र पविनको जोडीलाई उपाधि

बुधबार, ०४ माघ २०७९खेलपाटी संवाददाता
विधान र पविनको जोडीलाई उपाधि
mustang rice ad

काठमाडौं ।  तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी यलम्बर भेट्रान ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत  पुरुष युगल (शीर्ष २० वरीयता बाहेक) को उपाधि कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपले जितेका छन् ।

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनामा भएको प्रतियोगिताको बुधबार भएको फाइनलमा अधिकारी र लिनथेको जोडीले नेपाल पुलिस क्लबका गौरव दाहाल र अनिष श्रेष्ठको जोडीलाई २१–१९, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् ।

तेश्रो स्थानमा नखिपोट युथ क्लबका एशिया जवेगु र दिवश शंकरको जोडी तथा न्यु बि.एस. का निश्चल खत्री र श्रीजल पोखरेल रहे ।

यस स्पर्धामा विजयीले नगद ५० हजार, उपबिजयीले नगद २५ र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

May be an image of 2 people and people standing

च्याम्पियनसिपको मुख्य आकर्षण ५५ वर्ष माथिको डबल्समा ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका दिल बहादुर कदङ्गवाको जोडीले उपाधि हात पारे । सुरेश र दिलको जोडीले नखिपोट युथ क्लबका पुर्ण बुढाथोकी र कुमार राईको जोडीलाई २–१ ले पराजित गर्दै उपाधि उचालेका हुन् । सुरेश र दिलको जोडीले १९–२१, २१–१७, २१–८ ले बिजय भएका हुन् ।

एपिएफका बलराम लामिछाने र प्रेम कुमार श्रेष्ठको जोडी र किर्तिपुरका पुर्ण चन्द्र जोशी र राजु महर्जनको जोडी संयुक्त तेश्रो भए ।

यस स्पर्धाको विजयीले नगद ३० हजार, उपबिजयीले नगद २० र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यलेदोङ ५०८३ को अवसरमा आयोजित च्याम्पियनसिको महिला एकल (२० वरीयता देखि बाहेक) मा मेची ब्याडमिन्टन क्लबकी अञ्जना राईले उपाधि उचालिन । राईले सेनाकी रिहाना शेरचनलाई २०–२२, २१–१७, २१–१४ ले पराजित गर्दै महिला एकल उपाधि जितेकी हुन् । तेश्रो स्थानमा स्पोर्टस् हवकी बविता पुरी र पुष्पा शाही रहे ।

May be an image of 2 people and people standing

विजयीले नगद २५ हजार, उपबिजयीले नगद १५ र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

४५ वर्ष माथी पुरुष डबल्सको स्पर्धामा कास्कीका राजेश गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले बाजी मारे । राजेश र शम्भुको जोडीले पिस फिटनेश क्लबका पुर्ण हरि होना र संजय कपालीको जोडीलाई २१–१५, २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । पिस फिटनेश क्लबका सुरेन्द्र कटुवाल र साजन न्यौपानेको जोडी तथा गठ्ठाघर स्पोर्टस्का डेन लामा र राकेश थापाको जोडी संयुक्त तेश्रो भए ।

विजयीले नगद ३५ हजार, उपबिजयीले नगद २० र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष एकल १९ वर्ष मुनी (उच्च २० वरीयता बाहेक) को खेलमा एपिएफका क्षितिज खनालले जित हात पारे । खनालले सेनाका नरेन्द्र बमलाई २१–१४, १७–२१, २१–१३ ले पराजित गर्दै उपाधि उचालेका हुन् । सेनाका डेविड थापा मगर र हिमाल चन्द संयुक्त तेश्रो भए ।

विजयीले नगद २५ हजार, उपबिजयीले नगद १५ र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

May be an image of 3 people and people sitting

पुरुष डबल्स ३५ वर्ष माथिको स्पर्धामा कास्कीका शम्भु श्रेष्ठ र पुलिसका बिष्णु कटुवालको जोडीले कास्कीका बिशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१९ ले पराजित गर्दै उपाधि उचाले । दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडी तथा ब्याडमिन्टन रिमिक्स क्लबका दिपन महर्जन र भुवन श्रेष्ठको जोडी संयुक्त तेश्रो भए ।

विजयीले नगद ३५ हजार, उपबिजयीले नगद २० र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई पूर्व साँसद राजकाजी महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र कुमार राई, ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठ, सचिव नविन विक्रम शाह लगायतले पुरस्कार वितरण गरे ।

च्याम्पियनसिपमा २६९ खेलाडीहरुको सहभागिता रहेको थियो ।

LiNing Ad
विधान र पविनको जोडीलाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

 एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !