काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले डिफेन्डर निसेन सुब्बालाई अनुबन्ध गरेको छ ।
मछिन्द्रले बुधबार डिफेन्डर निसेनलाई अनुबन्ध गरिएको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि निसेनलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
निसेनले अघिल्लो सिजनको लिग फ्रेन्ड्स क्लबबाट खेलेका थिए ।
यस अघि मछिन्द्रले मिडफिल्डर पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई अनुबन्ध गरेको थियो ।
त्यस्तै राष्ट्रिय टिमका डिफेन्डर देवेन्द्र तामाङ, फरवार्ड विमल घर्ति मगर र मिडफिल्डर सुजल श्रेष्ठसँगको सम्झौता नवीकरण गरिसकेको छ ।
