लिभरपुल चौंथो चरणमा
बुधबार, ०४ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको 'रिप्ले' खेलमा उल्भ्सलाई १-० गोल अन्तरले हराउँदै लिभरपुल चौंथो चरणमा पुगेको हो ।
लिभरपुलको जितमा हार्भे इलियोटले निर्णायक गोल गरे ।
इलियोटले खेलको १३ औं मिनेटमा थियागोको पासमा गोल गरे ।
गत शनिबार भएको खेलअ लिभरपुल र उल्भ्सले २-२ गोलको बराबरी खेलेपछि पुन: रिप्ले खेल भएको हो ।
यस्तै वेस्ट ब्रुम र लुटोन टाउनले पनि चौंथो चरणमा स्थान बनाएका छन् ।
ब्रिस्टोल सिटी र बिर्मिनघम सिटीले पनि चौंथो चरणमा स्थान पक्का गरेका छन् ।
लिभरपुल चौंथो चरणमा





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)






