काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले स्पेनिस विंगर पाब्लो सराबियालाई अनुबन्ध गर्ने भएको छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का सराबियालाई ४.४ मिलियन पाउण्डमा अनुबन्ध गर्न उल्भ्स सहमत भएको बीबीसीले जनाएको छ ।
३० वर्षीय विंगरको मंगलबार उल्भ्समा मेडिकल हुनेछ ।
सराबियाले उल्भ्ससँग साढे दुई वर्षको सम्झौता गर्ने बताईएको छ ।
सराबिया २०१९ मा सेभियाबाट पीएसजी आएका थिए ।
पीएसजीका लागि उनले ३५ लिग वानमा ११ गोल गरेका छन् ।