काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले क्लब छाड्ने आफ्नो योजना नरहेको बताएका छन् ।
पहिल्लो समय क्लबले खराब प्रदर्शन गरिरहेपनि क्लोपले लिभरपुल नछाड्ने स्पष्ट पारेका हुन् । उनले समरमा एनफिल्डमा परिवर्तन हुने संकेत समेत गरेका छन् ।
'या त प्रशिक्षकको स्थिति परिवर्तन हुन्छ वा अन्य धेरै चीजहरू परिवर्तन हुन्छन्,' क्लोपले भनेका छन्, 'जहाँसम्म म चिन्तित छु । कसैले मलाई नभनेसम्म म जाने छैन ।'
लिभरपुल यस सिजन प्रिमियर लिगको नवौं स्थानमा रहेको छ । लिभरपुल शीर्ष चार स्थानबाट १० अंकले पछाडि छ ।
क्लोपले आफुसँग अझै समय रहेको बताउदै आफुहरुले अब राम्रो खेल्नुपर्ने समेत बताए ।
'मसँग सोच्नका लागि ठाउँ र समय छ । हामीले अब राम्रो फुटबल खेल्नु पर्छ,' उनले थपे ।