काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्ट्राइकर जोन डुरानलाई अनुबन्ध गर्ने भएको छ ।
भिल्लाले अमेरिकी क्लब सिकागो फायरबाट स्ट्राइकर डुरानलाई अनुबन्ध गर्ने भएको हो ।
कोलम्बियन स्ट्राइकर अनुबन्धका लागि सिकागो र भिल्लाबीच सहमति बनेको बताईएको छ ।
१९ वर्षीय स्ट्राइकरले सिकागोका लागि २८ खेलमा ८ गोल गरेका थिए ।
कोलम्बियाका लागि उनले ३ खेल खेलेका छन् ।
भिल्ला प्रिमियर लिगको ११ औं स्थानमा रहेको छ ।