वालिङ । आयोजक वालिङ फुटबल क्लब (सिनियर) वालिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा सहारा क्लब पोखरालाई १-० ले हराएर वालिङ अन्तिम चारमा पुगेको हो ।
वालिङको जितमा टिक राज गुरुङले ५६ औं मिनेटमा निर्णायक गोल गरे ।
अब वालिङले सेमिफाइनलमा एपीएफ क्लबको सामना गर्नेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबार हुने अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र एभिनर एफसी क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ।
वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्ने छन् ।
उपविजेताले २ लाख ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनले जनही ७ हजार पाउने छन् ।