• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
इनास अपी स्पोर्ट्स जुनियर ब्याडमिन्टन सुरु
खेलपाटी संवाददाता
बिहीबार, पुस २८, २०७९ खेलपाटी संवाददाता
इनास अपी स्पोर्ट्स जुनियर ब्याडमिन्टन सुरु

काठमाडौं । नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्ट च्याम्पियनसिप आजबाट राजधानीमा सुरु भएको छ ।

बसुन्धरास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा भएको च्याम्पियनसिपको प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका सह–महासचिव एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमविच उद्घाटन गरे ।

च्याम्पियनसिपको उद्घाटन गर्दै प्रमुख अतिथी तिम्सिनाले आजका जुनियर खेलाडीहरुनै भोली अन्तराष्ट्रिय खेल क्षेत्रमा राष्ट्रको झण्डा बोकेर राष्ट्रको प्रतिष्ठालाई उच्च राख्ने खेलाडी बन्नेमा आफु बिश्वस्त रहेको बताए । उनले राज्यका निकायहरुले ध्यान दिनुपर्ने क्षेत्रलाई निजी क्षेत्रले लगानी गरेर अगाडी बढाएकोमा आयोजक र प्रायोजकहरुलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा यसले उपलब्धि प्राप्त गर्ने बताए ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जुनियर प्रतियोगिता आयोजना गर्न पहल गरेकोमा इनास ईन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोला र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीका अध्यक्ष कमलेश निरौलालाई धन्यवाद प्रदान गरे ।

लामो समयदेखि ब्याडमिन्टन प्रतियोगितामा योनेक्स सनराईज मार्फत प्रायोजन तथा खेलाडीहरुलाई सहयोग पु¥याउँदै आएको इनासले ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्धेश्यले अन्तराष्ट्रिय स्तरमा आयोजना हुने जुनियर प्रतियोगितालाई महत्वमा राख्दै च्याम्पियनसिप आयोजना गर्न लागिएको प्रोपाईटर राजु बास्तोलाले बताए ।

योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यु– १५, यु– १३ र यु– ११ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा भईरहेको छ ।

आज भएको यु–१३ ब्वाईज तर्फको खेलमा आईडिबीका अच्युत ढुङ्गेलले नाईटिङ्गे एकेडेमीका निश्चल थापालाई २१–१०, २१–८ ले पराजित गर्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् । यस्तै नेपाल पुलिसका प्रनिश कार्कीले दीपक ब्याडमिन्टन एकेडेमीका आलोक लामालाई २१–११, २१–१५, एपेक्स लाईट स्कुलका सुहम कार्कीले कैलालीका रियांस चौधरीलाई २१–१९, २१–१८ले, धादिङ्गका आयुष मगरले किर्तिपुरकाा सविन लामालाई २१–८, १५–२१, २१–१३ले, सेनाका रिजन मगरले बुढानिलकण्ठका आनन्द पोखरेललाई २१–१०, २१–३ ले, कैलालीका शिषिर रानाले ग्यालेक्सीका सक्षम रेग्मीलाई २१–६, २१–१ ले, सूर्यदर्शनका आदित्य थारुले नेपाल पुलिसका सिद्धान्त श्रेष्ठलाई २१–४, २१–३ ले, क्यानभार बोर्डिङ्गका प्रवल श्रेष्ठले ईमाडोल ब्याडमिन्टन स्पोर्टस् सर्कलका प्रशान्त बुढाथोकीलाई २१–७, २१–१९ ले, सूर्यदर्शनका सुबम श्रेष्ठले दोलखाका सुजल दाहाललाई २१–७, २१–६ ले, ग्लालेक्सीका रिशभ राईले कैलालीका युगान्त रानालाई २१–११, २१–६ ले, सेनाका सुदेश राजकोटीले कञ्चनपुरका अक्षय खत्रीलाई २१–१२, २१–१४ ले, कपिलबस्तुका शिभम कासुधनले किर्तिपुरका प्रपन्न अधिकारीलाई २१–११, २१–१२ ले सेनाका दीप थिङ्गले मलेखुका गगन कडेललाई २१–१, २१–१० ले, एपेक्स लाईट स्कुलका सत्यम कार्कीले नेपाल स्पोर्ट फेलोसिपका अलिष माझीलाई २१–४, २१–४ ले, तनहुका सफल भुजेलले सूर्यदर्शनका शिवम श्रेष्ठलाई २१–१५, २१–१२ ले र एपिएफका आरुष सिमखडाले कैलालीका आदित्य चौधरीलाई २२–२०, १९–२१, २२–२० ले पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् ।

यस्तै यु–१५ छात्र तर्फको प्रतिस्पर्धामा दार्चुलाका पप्पु बहादुर पालले सक्षम ढकालबाट वाकओभर र सूर्यदर्शनका अमन डङ्गोलले किर्तिपुरका साजन लामालाई २१–१०, २१–२ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए । प्रिक्वाटरमा स्थान बनाउने क्रममा सेनाका सुर्य महर्जनले अनिष गुरुङबाट वाकओभर, ग्यालेक्सीका रिषभ राईले कपिलबस्तुका मुनी सिंह क्षेत्रीलाई २१–१२, २१–७ ले, धादिङ्गका अश्विन मगरले विल्सन एकेडेमीका जितेन महतालाई २१–१४, २१–१३ ले, सूर्यदर्शनका सुभम श्रेष्ठले पेप्सीकोलाका आर्यन श्रेष्ठलाई २१–७, २१–१२ ले, एपिएफका प्रारम्भ सिमखडाले आईडिबीका अच्युत ढुङ्गेललाई २१–७, २१–२ ले, त्रियोगका उज्वल श्रेष्ठले कैलालीका युगान्त रानालाई २१–१२, २१–५ ले तनहुका सफल भुजेलले सूर्यदर्शनका शिवम श्रेष्ठलाई २१–१६, २१–१४ ले र सेनाका सुविन श्रेष्ठले दार्चुलाका आयुष पाललाई २१–१४, २१–७ ले पराजित गरे ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा एनआरइएसको सह–प्रायोजन रहेको च्याम्पियनसिप पौष २८ देखि ३० गते सम्म बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा आयोजना हुने छ । च्याम्पियनसिपमा करिव १५० खेलाडीहरुको सहभागिता रहने आयोजक अपिका अध्यक्ष कमलेश निरौलाले बताए ।

च्याम्पियनसिपमा विजयी हुने खेलाडीहरुले मेडल, ट्रफी प्रमाणपत्रका साथ यु– १५ तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने छन् । क्वाटरफाईनलिष्टले २ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै यु– १३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाईनलिष्टले २ हजार र प्रिक्वाटरफाईनलिष्टले १ हजार २ सय प्राप्त गर्ने छन् ।

यु–११ तर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार, तृतीयले २ हजार, क्वाटरफाईनलिष्टले १ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
नखिपोट फुटबल असोजमा
नखिपोट फुटबल असोजमा
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP