फाईनल खेलमा लुम्बिनीले टस जित्यो

काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको फाईनल खेलमा लुम्बिनी अल स्टारले टस जितेको छ ।
लुम्बिनीले ब्याटिङ रोजेपछि विराटनगर सुपर किंग्सले पहिले बलिङ गर्दैछ ।
पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर बिजयी रहेका लुम्बिनी र जनकपुर उपाधिका लागि खेल्न लागेका हुन् ।
समूह चरण बिजेता लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।
विराटनगरले भने समूह चरणमा तेस्रो स्थानमा रहँदै ईलिमिनेटरमा काठमाडौं नाईट्स तथा दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो ।
यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै खेल लुम्बिनीले जितेको थिए ।
यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
दुवै टोलीको प्लेईङ-११
लुम्बिनी अल स्टार
दीपेन्द्रसिंह ऐरी(कप्तान, अनिल कुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, किशोर महतो, ईशान पाण्डे, लाहिरु मिलान्था(विकेटकिपर), साड्ली भान स्केलक्किक, विपुल शर्मा र हरमीत सिंह
विराटनगर सुपर किंग्स
रोहित पौडेल(कप्तान), अर्जुन साउद(विकेट किपर), नन्दन यादव, साहव आलम, अमरसिंह राउटेला, पृथु बास्कोटा, विवेकुमार यादव, हुसेन तलत, गौरान्शु शर्मा, राज नानन र किओन जोसेफ













-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)