काठमाडौं । सृष्टि जैसीको कप्तानीमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ ।
गण्डकी प्रदेश क्रिकेट संघले सृष्टिको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
आगामी पुस २९ गतेबाट ईटहरीमा आयोजना हुने यस प्रतियोगितामा गण्डकीको पहिलो खेल पुस ३० गते विभागिय टोली नेपाल एपीएफविरुद्ध रहेको छ ।
प्रतियोगिताको ७ माघमा फाईनल खेल रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका 'प्लेयर अफ द म्याच'ले ३ हजार प्राप्त गर्नेछन् ।
पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहने छ ।
जनता क्रिकेट पार्कमा हुने यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको छ ।
२ समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।
गण्डकीको टोली :
सृष्टि जैसी (कप्तान), अन्जलि बिक(उपकप्तान), सीमाना के.सी,सिर्जना पौडेल, सुजाता थाप, नीरू जी.टी, अपेक्षा बुढाथोकी, धनकुमारी क्षेत्री, सेरिना थापा, कुसुम गोदार, यशोदा भुजेल, श्रेया शर्मा, रचना चौधरी, गंगा बस्नेत
बैकल्पिक खेलाडी
पूर्णिमा सुनार, सोनिया थापा, श्रेया शाही, अञ्जना साउद
टिम प्रशिक्षक : गोविन्द प्रधान
सहायक प्रशिक्षक : सोनिया तिवारी