काठमाडौं । पाहुना टोली अष्ट्रेलियाले भारतविरुद्धको टेस्ट सिरिजका लागि टोलीको घोषणा गरेको छ ।
भारतविरुद्धको चार खेलको टेस्ट सिरिजका लागि अष्ट्रेलियाले प्याट कमिंसको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा भिक्टोरियाका टोड मर्फीले पहिलो पटक अस्ट्रेलियाको टेस्ट टोलीमा स्थान बनाएका छन् ।
भिक्टोरियाका कप्तान समेत रहेका पिटर ह्यान्ड्सकोब पनि चार वर्ष पछि टेस्ट टोलीमा पुनरागमन गरेका छन्।
अष्ट्रेलियाको टेस्ट टोली :
प्याट कमिन्स (कप्तान), एश्टन अगर, स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरुन ग्रीन, पिटर ह्यान्ड्सकोब, जोस हेजलवुड, ट्राभिस हेड, उस्मान ख्वाजा, मार्नस लाबुशेन, नाथन लायोन, लान्स मोरिस, टोड मर्फी, म्याथ्यु रेनशा, स्टिभ स्मिथ (उपकप्तान), मिचेल स्टार्क, मिचेल स्वेप्सन र डेभिड वार्नर
