उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको फाइनल खेल आज बुधबार हुँदैछ ।
उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारबीचमा खेल हुँदैछ । किर्तिपुर स्थित टियु मैदानमा हुने खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।
पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर बिजयी रहेका लुम्बिनी र जनकपुर उपाधिका लागि खेल्न लागेका हुन् ।
समूह चरण बिजेता लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।
विराटनगरले भने समूह चरणमा तेस्रो स्थानमा रहँदै ईलिमिनेटरमा काठमाडौं नाईट्स तथा दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो ।
यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै खेल लुम्बिनीले जितेको थिए ।
यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।













-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)