काठमाडौं । विराटनगर सुपर किंग्स पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।
विराटनगर सुपर किंग्सले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो ।
विराटनगरका लागि चाडविक वाल्टनले ४७ बलमा ५१ रनको अर्धशतकमा राज नाननको बलमा एलबीडब्लु आउट गराए । वाल्टनले ६ चौका प्रहार गरे ।
पहिलो विकेट ४ रनमा गुमाएको जनकपुरका लागि दोस्रो विकेटका लागि कप्तान ट्राभोन ग्रिफिथ र चाडविक वाल्टनले ५६ रनको साझेदारी गरे ।
कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाउँदा खडक बोहोराले १४ रन बनाए । उसका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
जनकपुरका लागि राज नाननले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । कियोन जोसेफले ३ तथा नन्दन यादवले २ विकेट लिए । सुर्य तामाङले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
विराटनगरका लागि गौरान्शु शर्मा ४२ रनमा आउट हुँदा अर्जुन साउदले ३५ रन बनाए । राज नाननले ३३ रन बनाउँदा हुसेन तलत ३१ रनमा आउट भए ।
अमरसिंह राउटेलाले छक्का हान्दै पहिलो ईनिङ सकाएका थिए ।
जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी,सरफुदिन असरफ,ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान १/१ विकेट लिए ।
अब विराटनगरले फाइनलमा लुम्बिनी अल स्टारसँग खेल्नेछ ।
पहिलो क्वालिफायरमा जित निकाल्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरिसकेको छ ।
लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।