काठमाडौं । जनकपुर आज तेस्रो पटक लगातार मैदान आउन ढिला गरेको छ ।
राजधानीमा जारी नेपाल टी-ट्वान्टीमा पोखरा एभेन्जर्सविरुद्ध लिग चरणको अन्तिम खेलमा,पहिलो क्वालिफायर खेलमा समेत ढिला गरि मैदान आएको टोली आज दोस्रो क्वालिफायर खेलमा समेत ढिला गरेको हो ।
लुम्बिनी अल स्टारसँगको पहिलो क्वालिफायर खेलमा ११ः३८ मा मैदान आएको थियो ।
लिगको नियम अनुसार ११ बजे रिर्पोटिङ समय रहे पनि जनकपुरले लगातार ढिला गरेको हो ।
होटलबाट जनकपुर १० मिनेट अघि हिडेको बुझिएको छ ।