काठमाडौं । दक्षिण अफ्रिकाका अलराउण्डर ड्वेन प्रिटोरियसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
उनले सोमबार विभिन्न फ्रेन्चाईजि लिगहरुमा ध्यान दिन अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन् ।
'मैले आफ्नो बाँकी करियरकालाई टी-ट्वान्टी र अन्य छोटो फर्म्याटमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छु ,' उनले भनेका छन्।
प्रिटोरियसले दक्षिण अफ्रिकाका लागि ३० टी–ट्वान्टी अन्तराष्ट्रिय, २७ एकदिवसीय अन्तराष्ट्रिय र ३ टेस्ट खेल्दै ७७ विकेट लिएका छन् ।
टी-ट्वान्टी अन्तराष्ट्रियमा दक्षिण अफ्रिकाका लागि उत्कृष्ट बलिङ फिगर प्रिटोरियसकै नाममा रहेको छ ।
२०२१ मा लाहोरमा भएको खेलमा उनले पाकिस्तान विरुद्ध ४ ओभरमा १७ रन दिएर ५ विकेट लिएका थिए ।