पुलिसलाई हराउँदै मकवानपुर-११ सेमिफाइनलमा
सोमबार, पुष २५, २०७९खेलपाटी संवाददाता

मकवानपुर । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मकवानपुर-११ले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
फापरबारी रंगशालामा सोमबार भएको खेलमा मकवानपुर-११ ले नेपाल पुलिस क्लबमाथी २-० ले सहज जित निकालेको हो ।
मकवानपुर-११ का लागि अलिस चौलागाईं र अनिश महर्जनले एक-एक गोल गरेको थियो । नेपाल पुलिस क्लबका लागि रवि पासवानले एक गोल गरेपनि हार टार्न सकेनन् ।
नेपाल पुलिस क्लबलाई पन्छाएको मकवानपुर-११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको म्यान अफ दि म्याच मकवानपुर-११ का अनिश महर्जन घोषित भए । उनले नगद ५ हजार र ट्रफि प्राप्त गरे ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
पुलिसलाई हराउँदै मकवानपुर-११ सेमिफाइनलमा













