काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर नसिम शाहले १० ओभरमा ५७ रन खर्चिएर ५ विकेट आफ्नो नाम गरे पछि पाकिस्तानले २ सय ५६ रनको लक्ष्य पाएको छ ।
कराँचीको नेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो ।
न्युजिल्याण्डका लागि मिचेल ब्राकवेल ४३ रनमा नशिम शाहको बलमा बोल्ड भए । उस्मान मिरको बलमा आउट हुनु पुर्व टोम लाथमले ४२ रन बनाए ।
ग्लेन फिलिप्स ३७ रनमा आउट हुँदा ड्यारियल मिचेलले ३६ रन बनाए । ओपनर फिना एलेनले २९ रन बनाउँदा कप्तान के विलियम्सले २६ रन बनाए । मिचेल स्यान्टेनर २१ रनमा आउट भए ।
घरेलु टोलीका लागि नसिम शाहले १० ओभरमा ५७ रन खर्चिएर ५ विकेट लिदाँ उस्मान मिरले २ विकेट लिए । मोहम्मद वासिम र मोहम्मद नवाजले समान १/१ विकेट लिए ।
दुई टिमबीचको तीन खेलको एकदिवसीय सिरिजको यो पहिलो खेल हो । दुवै टोली जितका साथ सिरिजको सुरुआत गर्न चाहान्छन् ।