देवेन्द्रले गरे मछिन्द्रसँग सम्झौता नवीकरण
सोमबार, पुष २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय टिमका डिफेन्डर देवेन्द्र तामाङले मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मछिन्द्रले सोमबार सामाजिक सञ्जालमार्फत देवेन्द्रसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि देवेन्द्रको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
मछिन्द्र पछिल्लो संस्करणको 'ए' डिभिजनको च्याम्पियन टोली हो ।
मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजनको लिग जित्दा देवेन्द्र मुख्य खेलाडी रहेका थिए ।
यस अघि मछिन्द्रले राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ति मगर र मिडफिल्डर सुजल श्रेष्ठसँगको सम्झौता नवीकरण गरिसकेको छ ।
यस्तै मछिन्द्रले मिडफिल्डर पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई अनुबन्ध गरिसकेको छ ।

देवेन्द्रले गरे मछिन्द्रसँग सम्झौता नवीकरण













