मकवानपुर–११ र पुलिस क्लब भिड्दै
सोमबार, पुष २५, २०७९खेलपाटी संवाददाता
हेटौडा । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता २०७९ अन्तर्गत मकवानपुर–११ र नेपाल पुलिस क्लबबीच खेल हुदैछ ।
फापरबारी रंगशालामा हुने खेल दिउँसो २ बजे सुरू हुनेछ । यस खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
प्रतियोगितामा आयोजक बागमती गाउँपालिका, मकवानपुर–११, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युथ क्लब, जावलाखेल युथ क्लब र अमेरिकी टिम भुटनीज युथ स्पोर्ट्स सहभागी गरि १० टोलीको सहभागीता रहेको छ।
आयोजकले गोल्डकपको विजेतालाई ८ लाख तथा उपविजेतालाई ४ लाख रुपैयाँ पुरस्कार रकम प्रदान गर्नेछ।
मकवानपुर–११ र पुलिस क्लब भिड्दै













