• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्यानको फ्रेन्चाईज – हिरा थियो, किरा बन्यो !
खेलपाटी संवाददाता
बिहीबार, पुस २१, २०७९ खेलपाटी संवाददाता
क्यानको फ्रेन्चाईज – हिरा थियो, किरा बन्यो !

काठमाडौं । नेपाली क्रिकेट आईसीसीको निलम्बनमा रहदाँ खेलाडी जोगाउने सेतु बनेको थियो, फ्रेन्चाईज क्रिकेट । सुबास शाहीले सुरुवात गरेको धनगढी प्रिमियर लिग (डीपीएल) देखि आमिर अख्तरको एभरेष्ट प्रिमियर लिग (ईपीएल) हुँदै पारस–ज्ञानेन्द्रको पहलमा भएको पोखरा प्रिमियर लिग (पीपीपी) यसका कडी थिए । क्रिकेट निलम्बनमा रहदाँ यिनै तीन फ्रेन्चाईज क्रिकेटर जोगाएका थिए, क्रिकेट बचाएका थिए ।

फ्रेन्चाईज क्रिकेट आफैमा पैसाको खेल हो । नाम हुनेले दाम, दाम हुनेले नाम कमाउने, प्लेटफर्म । खेलभित्र मनोरञ्जन अनि मनोरञ्जनभित्र खेल जस्तो । फ्रेन्चाईज सुरु गर्न जति गाह्रो छ, त्यतीनै गाह्रो यसलाई जोगाउन छ । कोही शोखले, कोही सोचले फ्रेन्चाईज क्रिकेटमा लगानी गर्न त सक्छन्, तर टिक्न सक्दैनन् । त्यसैले पैसाको ब्यवस्थापन गर्न सक्ने प्रमाणित अनुहार यसमा खोजिन्छन् ।

आमिरको ईपीएल बाहेक अन्य फ्रेन्चाईजले गरि खान सकेनन् भन्दा फरक पर्दैन । डीपीएलमा भावना केही संस्करण चल्यो, त्यसमा फ्रेन्चाईजको इको सिस्टम थिएन भनिन्छ । मुख्य पात्रनै पर्दाभित्र रहेपछि पीपीएलको सोचले आकार लिन सकेन ।

जे थियो, ईपीएलको थियो ।

बजार, मान्छे, क्रिकेट, क्रिकेटर, क्रिकेट चलाउने सबैको नशा नशा बुझेका आमिरले ईपीएललाई साच्चिकै ‘नेक्स्ट लेभल’मा पुर्याएका थिए । क्यानका अध्यक्षको नाम मात्र चतुर हो, खासमा नेपाली क्रिकेटका चतुर त आमिरलाई मानिन्छ । घरि क्रिस गेल भनेर हल्ला पिटाएर होस, घरी साहिद अफ्रिदीको अनुहार देखाएर होस् । यति सानो बिज्ञापन बजारबाट उनले खुबै पैसा झारेका थिए । उनले ब्यवहारिक रुपमा सफल फ्रेन्चाईज क्रिकेट सञ्चालन गरेका थिए । विश्व खेलकुदको सफल मोडेल इङ्लिस प्रिमियर लिग (ईपीएल)लाई भारतीय क्रिकेटमा ललित मोदीले जसरी प्रयोग गरे, त्यही मोडेल आमिरले ईपीएलमा लागु गरे । ठुला घराना, मोटो पैसा, ग्लोबल रिच, अनि ठुला प्रायोजक उनको फ्रेन्चाईज सफलताका मुख्य राज रहे ।

आमिरले राम्रै पैसा कमाए । उनले ईपीएललाई स्पोटिङ इभेन्टबाट कमर्सियल ‘प्रोडक्ट’ बनाए । राम्रो ब्राण्ड बनाए । चर्चा यो पनि थियो, ईपीएललाई बजारमा ४० करोडको भ्यालुएसन दिन तयार थिए । सबै ठिक थियो । आमिरले ईपीएलमात्र हैन, नेपाली क्रिकेटमै एक प्रकारले कब्जा जमाईरहेका थिए । कुन ब्राण्ड, राष्ट्रिय क्रिकेट टिमको जर्सीमा राख्नेदेखि कुन टेष्ट राष्ट्रलाई नेपाल बोलाएर अन्तराष्ट्रिय सिरिज खेलाउनेसम्मको काम उनैकै तजबिजमा चल्थ्यो । एक समय क्रिकेटका केही पदाधिकारीको जहाजमा उड्नेदेखि देश, विदेश बस्ने, खाने, घुम्ने प्रबन्ध आमिरलेनै गर्ने गरेको क्यानका एक अधिकारी सुनाउँथे । समय उही रहन्न, रहेन ।

बिस्तारै क्यान र आमिरको हिसाब बिग्रन थाल्यो । पेमेन्ट डिलेदेखि चेक बाउन्ससम्मका समाचार बाहिर आउन थाले । अन्तराष्ट्रिय क्रिकेट सिरिजको कमर्सियल राईट्स लिने टेण्टरमा अरु कम्पनीले आमिरलाई पछि छाड्न थाले । क्यान र आमिरको दुरी बढ्दै गयो । मतभेद, मनभेदसम्म पुग्यो । यसैबीच क्यानले आफै फ्रेन्चाईज क्रिकेट गर्नुपर्छ र पैसा कमाउनुपर्छ भन्ने मत क्रिकेटमा उठेको लामो समय बनेबो थियो । नेपाल प्रिमियर लिग (एनपीएल) गर्नुपर्छ भनेर केही स्वदेशी र विदेशी कम्पनीसमेत क्यानका पदाधिकारीसँग नियमित सम्पर्कमा थिए । फुटबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) गरेको चौधरी समुह समेत फ्रेन्चाईज क्रिकेट आयोजनाको कोशिश गरिरहेको थियो । सम्बन्ध विस्तारकै खातिर चौधरी समुहले क्यानसँग उमेर समूहको प्रतियोगितामा रोकि राखेको वाईवाईको मुख्य प्रायोजनलाई नविकरण गरेको थियो ।

टोले क्रिकेट चलाउने हुती नभएका क्यानका शीर्ष पदाधिकारीले फ्रेन्चाईज क्रिकेट चलाउने आँट कहाँ गर्न सक्थे ! उनीहरुलाई फ्रेन्चाईज सञ्चालन गरेर वर्षको दुई करोड रोयल्टी दिने भारतीय कम्पनीको प्रस्ताव उचित लाग्यो । कामै नगरी संस्थाको खातामा दुई करोड आउने भएपछि क्यानको वर्तमान नेतृत्वले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग ८ वर्षका सम्झौता गर्यो । क्यानले यस प्रस्तावलाई साधारण सभामार्फत पारित गराउँदै तत्कालिन खेलकुद मन्त्री महेश्वर गहतराजको उपस्थितीमा औपचारिक कार्यक्रमको आयोजना गरेर घोषणा गर्नसम्म भ्यायो । खेलकुदमा विदेशी लगानी भित्रने र खेलाडीले ५ लाखदेखि १५ लाखसम्म कमाउने कुरामा क्यानका पदाधिकारीले खेलकुदमन्त्रीलाई कन्भिन्स गरेका थिए ।

May be an image of 4 people, people playing sports, people standing and text

क्यानले सबैभन्दा ठुलो गल्ती सुरुवाती निर्णय प्रक्रियामै गर्यो । यति ठुलो कार्यक्रम र आर्थिक विषय जोडिएको विषयमा क्यानले खुल्ला टेण्डर आह्वाननै गरेन । क्रिकेट बुझेका धेरैले यस सम्झौतामा आर्थिक चलखेल भएको अनुमान गर्छन् । क्यानले देशको प्रचलित ऐन, नियम र कानुनको धज्जी उडाउँदै सेभेन थ्री स्पोर्टसलाई ८ वर्षका लागि ब्यवसायीक अधिकार बेच्ने निर्णय गर्यो । क्यानले सुरुवातमै ‘ब्लन्डर’ गल्ती यहीनेर गरेको थियो ।

यही कानुनी पाटो समाउँदै ईपीएलका मालिक आमिर अख्तर नेपाल टी ट्वान्टी लिगविरुद्ध अदालत पुगेका छन् । मुद्धा अदालतमा विचाराधिन छ । अदालतले मुद्धा प्रक्रियालाई अघि बढाईरहेको छ । निर्णय के आउँछ, एकिन छैन । फैसला अनुकुल नआए टी ट्वान्टी लिगको भविष्य के हुने टुङ्गो नि भएन । 

दुई करोड पाउने सम्झौता गरेको क्यानले पैसा दिने कम्पनीको पृष्ठभुमीमा खासै चासो राखेन । मुल रुपमा खेलकुदको अन्तराष्ट्रिय ब्रोडकास्टिङको ब्यापार गर्दै आएको खेलकुदको कन्सलट्यान्ट कम्पनीलाई देशको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता सुम्पिदा क्यान र यसका शीर्ष पदाधिकारी गम्भिर नभएको आरोपलाई अहिलेका प्रारम्भिक घटनाले प्रमाणित गरेको छ । कानुनी प्रक्रिया पुरा नगरेपछि क्यान आफै प्रतियोगिता आयोजना र सञ्चालनमा खासै खुलेर काम गरेन, सकेन । सम्झौता गरेको कम्पनीले पनि नियत सफा देखिएन ।

टिमको घोषणादेखि टिम किन्ने मालिकसम्म, हुँदा हुदाँ अक्सनसम्म गोप्य रुपमा सम्पन्न गरियो । फ्रेन्चाईजको चरित्रनै बढी प्रचार खोज्ने हो । तर नेपाल टी ट्वान्टी लिगका धेरै निर्णय प्रक्रिया र कामहरु गोप्य रुपमा सम्पन्न भए । लुम्बिनी अल स्टार्स, पोखरा एभेन्जर्स बाहेकका मालिक खुलेर बाहिर आएका छैनन् ।

शहरको नामलाई फ्रेन्चाईजी दिएर त्यहाँको स्थानीयको भावनासँग खेल र प्रतियोगितालाई जोड्ने कामनै फ्रेन्चाईजको सफल मोडेल हो । फ्रेन्चाईज किन्ने मालिक, यसमा संलग्न ब्यक्ति, खेलाडी, इभेन्टसँग जोडिने ठुला नाम र दर्शकलेनै यसलाई भब्य बनाउने हो । तर नेपाल टी ट्वान्टी लिगमा सुरुवातदेखिनै टिमदेखि यसका धेरै मालिक गोप्य रहे । बेटिङ र फिक्सिङको आशंकाका बीच सुरुवात गरिएको प्रतियोगिताको मुख्य प्रायोजकनै बेटिङ ब्राण्ड रह्यो । खेलाडीको शंकास्पद प्रर्दशन, खेलको नतिजा अनि प्रतियोगितासँगै विकसित एक पछि अर्को नकारात्मक घटनाक्रमले नेपाल टी ट्वान्टी लिगलाई पहिलो सिजनमै ‘फ्लप’ बनाईदिएको छ ।

यसका देशका न ठुला ब्यवसायीक ब्राण्ड जोडिएका छन्, न त कोही प्रतिष्ठित कम्पनी वा अनुहार संलग्न छन् । बेटिङ र स्पट फिक्सिङका एकपछि अर्को घटनाले नेपाल टी ट्वान्टी लिगलाई क्यानले कस्तो प्रतियोगिता बनाउन खोजेको चित्र ‘क्लियर’ देखिदैन । प्रहरी, अख्तियारदेखि राखेपसम्मले यसलाई अनुसन्धानको दायरामा ल्याईसकेपछि यो प्रतियोगिताको सेफ ल्याण्डिङ कसरी हुन्छ ? अनुमान गर्न गाह्रो देखिन्छ ।

May be an image of 5 people, people playing sports, people standing and text that says 'WNEPALT20 HARMEET khelpati.com khelpati.com www.khelpati.com khelpati.com www.khelpati.com khelp ti.com www.khelpati.com khelpati.com P सेत्पाटी'

प्रतियोगिताको मुख्य ब्यवसायीक र रणनीतिक साझेदारनै बेपत्ता भएपछि मालिक नखुलेका टिमको हालत के हुन्छ ? क्यानसँग उत्तर छैन । बेटिङसँगै खेलाडी आफैले फिक्सिङको प्रस्ताव आईरहेको बताएका छन् । संलग्न कमेन्टेटर, क्रिकेट सफा रहेन भनेर अलग हुने घोषणा गरिरहेका छन् । क्यान आफैले प्रमाण सहित उजुरी गर्नुस भनेर उम्किन मिल्छ । आफ्नो असक्षमता, कमजोरी र हठ्ठीपनले फ्रेन्चाईजको नाममा नेपाली क्रिकेटलाई धरासायी बनाउने अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त बिक्रम मल्ल सहित निर्णय प्रक्रियामा संलग्न क्यानको सिंगो कार्यसमिति पक्कैपनि छानविनको दायरामा आउनेनै छन् । 

सूरुवातदेखिनै विवादीत बनेको यस प्रतियोगिताको औपचारिक घोषणा हुँदै गर्दा पत्रकारले प्रश्न गरेका थिए, बेटिङ्ग कम्पनीलाई किन नेपाल टी ट्वान्टी लिगको जिम्मेवारी दिनु भएको हो ? चर्को स्वरमा क्यानका सचिवले भनेका थिए, तलमाथि केही परे सुली चढ्न तयार छु, सबै जिम्मा म लिन्छु ।

प्रहरीदेखि अख्तियार, राखेपदेखि आईसीसीसम्मको अनुसन्धानको दायराभित्र नेपाली टी ट्वान्टी लिग आईसकेको छ । घटना गजजाहेर छ । प्रमाण भेटिए, अध्यक्ष चन्द र सचिव मल्ल यसको मुख्य मतियार हुनेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
क्रिकेटर जोय सम्मानित
क्रिकेटर जोय सम्मानित
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
नेपाललाई जितसँगै गोलको दबाब
नेपाललाई जितसँगै गोलको दबाब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP